काण्डै काण्ड पछि बल्ल भेरी अस्पतालमा प्रहरी परिचालन

0
3550

जेठ १५ गते
भेरी अस्पताल नेपालगन्जमा बारम्बर स्वास्थ्यकर्मी माथि हातपात भइरहेको हुँदा आजदेखि  ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

नेपालगन्ज स्थिति भेरी अस्पतालमा दाङका एक मृतकका आफन्तले स्वास्थ्यकर्मीमाथी हातपात गरेपछी पूरा देश नै तरंगित बनेको थियो । हातपात गर्ने मृतकका दाइ रहेको र उनलाइ तत्काल कार्बाही गर्न स्वास्थ्यकर्मी लगाएत राष्ट्रपति,प्रधानमन्त्री र बिपक्षी दलका नेताहरुले समेत जोडदार माग गरेका थिए ।

नेपाल प्रहरीका प्रहरी नायव निरिक्षक तोजेन्द्र बि.सि को कमाण्डमा २ जना प्रहरी सहायक निरिक्षक सहित २५ जना प्रहरी भेरी अस्पतालमै बस्ने गरी खटाईएको छ । स्वास्थ्यकर्मी लाई सुरक्षाको अनुभूति गराउन र आगामी दिनमा त्यस्ता अप्रीय घटना नघटोस भन्नका निमित्त ठूलो संख्यामा प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।


LEAVE A REPLY

Please enter your comment!
Please enter your name here